Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बसकाे ठक्करबाट स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु

    बसकाे ठक्करबाट स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    वीरगञ्ज । बारामा बसकाे ठककरबाट स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै भएकाे दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।



    उनका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।



    ठक्कर दिने बसका चालक हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार