Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • खोलाले बगाउँदा परियार दम्पतीको मृत्यु

    खोलाले बगाउँदा परियार दम्पतीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 1.9K
    SHARES

    हेटौंडा । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो ।

    मकवानपुरगढी–६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब उपरीक्षक कृष्ण केसीले जानकारी दिए ।



    उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको थियो ।



    केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार