Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मल तस्करसँग घुस लिएको आरोपमा चार प्रहरी निलम्बित

    मल तस्करसँग घुस लिएको आरोपमा चार प्रहरी निलम्बित

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले मल तस्करसँग घुस लिएको आरोपमा असईसहित चार प्रहरीलाई निलम्बन गरेकाे छ ।

    झापाको दमकमा कार्यरत असईसहित भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र जवान मनकुमार रुवाल निलम्बनमा परेका हुँन् ।



    उनीहरुले तस्करीको मल बोकेको ट्याक्टर ताराबारी ढाटमा पक्राउ गरेका थिए । मलको बिल नभएकोले तस्करीको भएको पुष्टि भएको थियो ।



    तर, माथिल्लो निकायलाई जानकारी नै नदिई ढाटमा कार्यरत प्रहरीले ट्याक्टर छाडिदिएका थिए । ६५ हजार घुस लिएर छाडेको खुलेपछि निलम्बन गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सीमा बन्द भएपनि तराईका जिल्लाहरुमा तस्करी रोकिएको छैन । कडाईको बहानामा पछिल्लो समय नाकामा घुसखोरी बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार