Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ३ किलाे गाँजासहित २ जना पक्राउ

    ३ किलाे गाँजासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 3.5K
    SHARES

    काठमाडाैं । प्रहरीले अबैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेकाे छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जा र अर्जुनचौपारी प्रहरी चाैकीबाट खटिएकाे प्रहरीले स्याङ्जाकाे अर्जुनचौपारी गाउपालिका-२ मजुवा बस्ने २२ वर्षका कृष्ण बहादुर गुरुङ र स्याङजाकाे अर्जुनचौपारी गाउपालिका-३ गहते बस्ने ६३ वर्षका तुल बहादुर क्षेत्रीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।



    प्रहरीले कृष्ण बहादुरकाे काेठाबाट हरियो गाँजा ८४ ग्राम, सुकेको अवस्थाको गाँजा ४० ग्राम, बम्फु, बांसको चिलिम, स्टिल पेपर समेत बरामद गरेकाे छ । यस्तै तुलबहादुरकाे काेठाबाट ३ किलो गांजा बरामद गरेकाे थियाे ।



    ६३ वर्षका तुल बहादुरले २२ वर्षका कृष्ण बहादुर गुरुङलाई गाँजा बिक्री गरेकाे र कृष्णले दिएकाे जानकारी अनुसार तुलबहादुरलाइ पनि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार