Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडाैंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ काेराेना संक्रमित

    काठमाडाैंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ र ललितपुरका २ जनाको मृत्यु भएको छ । काठमाडौं ६१ र ६२ वर्षका पुरुष तथा ५० वर्षीया महिलाको मृत्यु भएको हो भने ललितपुरका ४२ / ७७ वर्षका पुरुषको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा आज थप १ हजार ५७३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार