Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • १ महिलासहित १० जना काेराेना संक्रमितकाे मृत्यु

    १ महिलासहित १० जना काेराेना संक्रमितकाे मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाकाे मृत्यु भएकाे छ ।

    पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    पछिल्लाे २४ घण्टामा मृत्यु हुनेमा ९ जना पुरुष र १ जना महिला रहेका छन् ।



    यस्तै नेपालमा आज थप १ हजार ५७३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार