Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ७ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

    ७ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 2.5K
    SHARES

    उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।

    झापाको बिर्तामोड नगरपालिका–७ स्थायी घर भई उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टर बस्दै आएका ३५ वर्षीय किरण राईलाई बालिका बलात्कार गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएकाे छ।



    गत शुक्रवार दिउँसो २ बजेतिर नाबालिकालाई ललाई फकाई आफनो कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले बताए ।



    बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । उनलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार