Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ १८ वर्षीया बिनिता स्याङ्तानलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भरतपुर पठाइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मकवानपुरकै गढी गाउँपालिका-२ स्थित सडकमा ना.३९ प ९५४२ नम्बरको मोटरसाइकलक अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ धमिले ४६ वर्षीय भरत पुडासैनीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको सन्चो अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-३ मक्रान्चुली बस्ने ४१ वर्षीय कुमार पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१ धम्बोझी चोकमा पनि भे.५ प १६५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नेपालगंज उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय दान बहादुर सुनारको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077