Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

    भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।



    भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४०२ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६२८ जना निको भएका छन् ।



    कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार ५३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख १ हजार ८०१ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार