Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • यी महिला जसले दुई महिनामा लुटिन् २२ जनालाई

    यी महिला जसले दुई महिनामा लुटिन् २२ जनालाई

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। काठमाडौंमा नाटकीय शैलीमा लुटपाटमा गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ३२ बर्षीय संगिता क्षेत्री रहेकी छन्। जोरपाटी मालबारीबाट क्षेत्रीले साउनयता उपत्यकाका बालबालिकाको गहना लुटेको प्रहरीकाे भनाइ छ।

    बलाजु बस्दै आएकी उनी डिभोर्सी महिला हुन् । काठमाडौंमै माइती भएकी उनको विवाह म्याग्दीमा भएको थियो । परिवारबाट छुटिएपछि उनका छोराछोरी श्रीमानसँगै बस्दै आएका छन् । सुरुमा घरेलु काम गर्दै आएकी उनी पछिल्ला बर्ष भने लुटपाटमा संलग्न थिइन् । प्रहरीकाअनुसार लुटपाटका लागि सुचना संकलनगर्न उनी घरेलु मजदुरका रुपमा घरघर जाने गर्थिन् । सोही आधारमा लुटपाटको योजना बनाउने गरेको प्रहरीले जनाएको छ ।



    चिनजान भएको जसरी सडकमा खेलिरहेका बालबालिकासँग नजिकिने र उनीहरुलाई आइसक्रिम तथा चकलेट किनिदिने भन्दै फकाउने गर्दछिन् । उनले लुटेको गहना किन्ने र गालेर बेच्ने कलिगढ पनि पक्राउ परेका छन् । संगिताले चोरीपछि गहना जम्मा गर्थिन् ।



    कनिबहालस्थित काभ्रेका मुरली बिकको प्रशोधन केन्द्रमा लगेर बेच्थिन् । उनले चलनचल्तीको मुल्यभन्दा प्रति तोला १० हजार रुपैयाँ सस्तोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । १० बर्षंदेखि यस्तो गहनाखरिद गर्दै आएका बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार