Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • तीन मन्त्रालय फुटाउने तयारी

    तीन मन्त्रालय फुटाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भएपनि उनले कुनै महत्वपूर्ण निर्णयका लागि बैठक बोलाएका हुन् ।

    मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रीमण्डल पुनर्गठनको तयारीका लागि दुई अध्यक्षबीच छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता जारी रहेको जानकारी दिए ।



    मन्त्रिपरिषद पुनर्गठनमा नेताहरु जनार्दन शर्मा, भीम रावल, डा.बेदुराम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देवेन्द्र पौडेल, प्रभु साह, गणेश ठगुन्ना, प्रेम आले, तुलसा थापालगायतका नेताहरु मन्त्री बन्ने चर्चामा छन् । मन्त्रिपरिषद बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।



    स्रोतका अनुसार आइतबारको बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेन्डा छ । त्यसका लागि केही मन्त्रालय समेत फुटाउने तयारी छ । भौतिक निर्माण तथा यातायान, उर्जा, जलस्रोत तथा सिंचाई र उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय फुटाउन लागिएको हो ।

    भागबन्डा पुर्याउनका लागि मन्त्रालय फुटाउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । साथै नयाँ मन्त्री नियुक्तिबारे केही दिनयता नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच नियमित छलफल हुँदै आएका छ । यसबारे अ‍ोली र माधव नेपालबीच समेत छलफल भएको स्रोत बताउँछ । हाल अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय रिक्त छ । हालका आधा जसो मन्त्रीहरु हेरफेर हुने सम्भावना छ । साथै नयाँ मुख्यसचिव नियुक्तिबारे पनि छलफल गर्न लागिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार