Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देशभर थप १२०७ जनालाई कोरोना संक्रमण, संक्रमितको कूल संख्या ७१ हजार ८२१ पुग्यो

    देशभर थप १२०७ जनालाई कोरोना संक्रमण, संक्रमितको कूल संख्या ७१ हजार ८२१ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १० असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।



    मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्।



    होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।

    पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार