Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चीनले बिस्तारवादी नीति लिएकाे कांग्रेस नेताकाे आराेप

हुम्ला । उत्तर छिमेकी देश चीनले बिस्तारवादी नीति लिएकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आराेप लगाएकाे छ। कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको लोलुङजोङको भुभागमा चीनले एकतर्फी रुपमा भवन निर्माण गरेको स्थान नेपालकै भएको बताएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली जमिन कब्जा गरि भवन निर्माण गरेपछि अहिले यसको बिरोध भएको छ । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालभित्र पसी नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएर नेपाली सीमा मिचिएको सार्वजनिक भएपछि वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमिकोट फर्किसकेको छ । टोली फर्किएको २ दिन भई सक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति नेता शाहीले आशंका व्यक्त गर्दै पहिलो पटक उक्त मिचिएको जमिनका बारेमा बोलेका हुन् ।

२०६६ सालमा नेपालले नेपाल–चीन सीमाना ग्याक्पु दोचासम्म सडक निर्माण गरेको स्मरण गर्दै शाहीले सो क्षेत्र भन्दा यता नेपालपट्टी ललुङजोङमा चीनले भवन बनाएको उनले दावी गरे । सुरुमा दुईवटा भवन बनाइएको र त्यसको लिमीबासीले विरोध गरेपछि चिनियाँ पक्ष पछि हटेको थियो । अहिले आएर नेपाली भुभाग चीनले हड्पेको बताउँदै कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेतासमेत रहेका शाहीले यसको व्यापक विरोध हुनुपर्ने बताए । उनले भने, ‘चीनको यो विस्तारवादलाई सहेर बस्न सकिन्न। यसलाई राष्ट्रिय मुद्दा बनाउनु पर्छ ।' लाप्चा क्षेत्रको सबै पाटन चीनले लिए लिमीमा मानिस बस्न र पशुपालन गर्न समेत नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077