कञ्चनपुर । कालापानी लगायतकाे क्षेत्र निरीक्षण गरी गृहमन्त्री रामबहादुर थापा (बादल) काठमाडौं फर्किएका छन्। शनिबार बिहान दार्चुलाकाे छाङरु नजिकै कालापानी र तिंकर क्षेत्रको हवाई निरीक्षणपछि उनी काठमाडौं फर्किएका हुन्।
दार्चुला सदरमुकाम हुदैँ उनी सवार हेलिकप्टर सुर्खेत उडेको थियो। बिहान ९ वजेतिर दार्चुला सदरमुकाम खलंगा पुगेका मन्त्री थापाले राजनीतिक दलका नेताहरुसँग भेटघाट र पत्रकार सम्मेलन गरे।
मन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेश ठगुन्ना, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत राइ लगायत थिए। छाङरुस्थित सशस्त्र प्रहरीको ५० नं. गुल्मको शिलान्यासका लागि गृहमन्त्री थापा शुक्रबार छाङरु पुगेका थिए। राती छाङरुमै बसेका थिए।
Leave a Reply