Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ब्राजिलमा कोराेना संक्रमणबाट मृतकाकाे संख्या १ लाख ४० हजार नाघ्याे

    ब्राजिलमा कोराेना संक्रमणबाट मृतकाकाे संख्या १ लाख ४० हजार नाघ्याे

    अनलाइन नेपाल
  • शनिबार, १० असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडाैँ । ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ ।

    पछिल्लो २४ घण्टामा ९२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५३७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३१ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ४६ लाख ८९ हजार ९६५ जना सङक्रमित भएका छन् ।



    त्यस्तै ब्राजिलमा अहिलेसम्म ४० लाखभन्दा बढी सङ्क्रमित ठिक भएका छन् । ब्राजिल विश्वमा अमेरिका र भारतपछि सबैभन्दा धेरै सङ्क्रमित हुने देशमा पर्दछ । अमेरिकामा अहिलेसम्म ७२ लाखभन्दा बढी नागरिक कोरोनाबाट सङ्क्रमित भएका छन् भने भारतमा करिब ५९ लाख नागरिक यसका संक्रमित छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार