चितवनमा कोरोना संक्रमित एक जना बिरामीको उपचारका क्रममा मृत्‍यु::Best Online News Portal of Nepal

चितवनमा कोरोना संक्रमित एक जना बिरामीको उपचारका क्रममा मृत्‍यु

चितवनमा कोरोना संक्रमित एक जना बिरामीको उपचारका क्रममा मृत्‍यु

अनलाइन नेपाल
  • शनिबार, असोज १० २०७७

  • 2.7K
    SHARES

  • चितवनमा कोरोना संक्रमित एक जना बिरामीको उपचारका क्रममा मृत्‍यु

    चितवन। कोरोना संक्रमण भइ चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीको आज बिहान निधन भएको छ।

    गत असोज ३ गते श्वास प्रसास र निमोनियाबाट समस्या बहेर चितवन मेडिकल कलेजमा भर्ना भएकी मकवानपुर हेटौंडाका ७४ बर्षका पुरुषको आज बिहान उपचारका क्रममा निधन भएको अस्पतालले जारी गरेको सुचनामा उल्लेख छ। उनको आइसियुमा राखेर उपचार हुँदै आएको थियो।

    पछिल्लो रिपोर्ट अनुसार चितवनमा थप ८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ७ पुरुष र १ महिला गरि ८ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमण देखिनेमा भरतपुर महानगरपालिका–३ का ८४ वर्षीय पुरुष, राप्ती–२, ६ र ४ का १८ देखि ६४ वर्ष उमेर समूहका ४ जना पुरुष र ६२ वर्षीया एक महिला, रत्ननगर नगरपालिका–३, १४ का ३२ र ६४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार