Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डब्ल्यूएचओको चेतावनी: कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जान सक्छ!

    डब्ल्यूएचओको चेतावनी: कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जान सक्छ!

    अनलाइन नेपाल
  • शनिबार, १० असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले विश्वभर कोरोना संक्रमणबाट उक्त संख्यामा ज्यान जान सक्ने चेतावनी दिएका हुन् ।

    कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा। माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा उनले जोड दिए ।



    सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको थियो । त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २० लाखभन्दा धेरै छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार