Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • महालक्ष्मी र गोदावरी नगरका प्रमुखलाई कोरोना संक्रमण

    महालक्ष्मी र गोदावरी नगरका प्रमुखलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 3.2K
    SHARES

    ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।



    हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेका छन् । गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए । उनले भने, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”



    यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको श्रेष्ठले जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार