Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पीसीआर गर्दा बढी शुल्क लिए लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी

    पीसीआर गर्दा बढी शुल्क लिए लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सरकारले पीसीआर परीक्षण गर्दा तोकेकै शुल्क लिन अन्तिम चेतावनी दिएको छ।

    सरकारले तोकेको पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिएको अवस्थामा लाइसेन्स खारेज गरिदिने चेतावनी समेत दिएको छ।



    देशभरका ल्याबहरुको नियमन गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक सूचना जारी गर्दै बढी शुल्क लिएको पाइए लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिएको हो।



    साथै सरकारले २ हजारभन्दा बढी शुल्क लिएको पाएमा प्रयोगशालामा तत्कालै सूचना दिनसमेत आग्रह गरेको छ। बढी शुल्क लिने गरेको पाइएको भन्दै तत्काल बन्द गर्न सरकारले अन्तिम चेतावनी दिएको जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार