Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • धार्मिक स्थानकाे निषेधाज्ञा हटाउन एक हप्ते अल्टिमेटम

    धार्मिक स्थानकाे निषेधाज्ञा हटाउन एक हप्ते अल्टिमेटम

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । संयुक्त धार्मिक संगठन संघर्ष समितिले एक हप्ताभित्र देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन सरकारलाई अल्टिमेटम दिएको छ ।

    शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले जनताले धर्म, संस्कृति, सभ्यता, पूजा, अर्चना, न्यास र ध्यान गर्न पाउनुपर्ने बताउँदै अविलम्ब देशभरिका धार्मिक स्थानहरु खुला गरिनुपर्ने माग गर्दै सरकारले धार्मिक स्थानहरुमा लगाएको निषेधाज्ञा नहटाए कडा कदम चाल्न बाध्य हुने संघर्ष समितिको चेतावनी दिएकाे छ ।



    संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘जुनसुकै बहाना र आवरणमा धर्म मान्न पाउने नेपाली जनताको राष्ट्रिय धर्ममाथि आघात् पुर्याएर यो सरकार र यसका देशी तथा विदेशी मतियारहरु जसले राष्ट्र धर्मममा विचलन ल्याएका छन् । गर्दा गर्दै राष्ट्रिय झण्डा जल्न थालेको छ, ती विचलनकारी र यस्ता राष्ट्रधर्म विरोधीहरुबाट अब देशले मुक्ति पाउनुपर्छ ।’



    कोरोना महामारीको नाउँमा नेपालका धार्मिक अनुष्ठान देवालयहरुमा दर्शनार्थीहरुलाई जान, पूजाअर्चना गर्न निषेध गरिएकोमा सयुक्त समितिको आपत्ति छ ।

    ‘देशभरि सम्पूर्ण उद्योग धन्दा, कलकारखाना, सार्वजनिक यातायात र वायु सेवासमेत खुला गर्ने, त्यहाँ कोरोना त्रास नहुने तर भक्तजनहरुले आफ्नो आस्थाअनुरुपको पुजना अर्चना गर्न नपाउने भनि लगाएको प्रतिबन्ध आम नेपाली जनताको धार्मिक भावना र संविधानको धारा २६ को स्वतन्त्रताको हनन गरेर सरकार संविधानको पालक नभएर उल्लंघनकर्ता भएको महसुस गर्दछौं,’ पत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार