Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृहकाे सहमति

    उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृहकाे सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ ।

    महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताए ।



    गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जना भन्दा बढी जम्मा नहुने लगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी गर्न अनुमति दिएको गोल्छाले बताए ।



    यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले अब छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताए ।

    उनले स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र आवस्यक परेमा ३/४ वटा ठाउँबाट दुई दिन सम्म गरेर भएपनि चुनाव गरिने स्पस्ट पारे ।

    महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवम् चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो ।

    सोही पत्रको जवाफ दिँदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो । कोभिड १९ का कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेशन रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार