Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बुटवलको कोरोना विशेष अस्पतालमा ७२ वर्षीय पुरूषकाे मृत्यु

    बुटवलको कोरोना विशेष अस्पतालमा ७२ वर्षीय पुरूषकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 1.9K
    SHARES

    बुटवल । रूपन्देहीकाे बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।



    मिर्गौलाका रोगी समेत रहेका उनको बिहीबार स्वाब संकलन गरिएकोमा शुक्रबार बिहान संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए ।



    संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहान मात्रै उनी अस्पतालमा भर्ना भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार