Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • २ लाख ४४ हजार रूपैयाँसहित १९ जुवाडे पक्राउ

    २ लाख ४४ हजार रूपैयाँसहित १९ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 4.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जुवाखालबाट २ लाख ४४ हजार १ सय रुपैयाँसहित १९ जनालाई पक्राउ गरेको छ ।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ लोहारपुरबाट जुवा खेलिरहेको अवस्थामा १९ जनालाई २ लाख ४४ हजार १ सय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    स्थानीय तेजबहादुर ऐरको घरमा जुवा खेल्ने २८ वर्षीय एकिन्द्र सुनारसहितका १९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । जुवाखालबाट १३ वटा तासको गड्डी बरामद गरिएको छ ।



    उनीहरुमाथि जुन ऐनअनुसार कारवाही गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार