Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नेपालमा काेराेना संक्रमणबाट मृतकको संख्या ४ सय ५९ पुग्याे

    नेपालमा काेराेना संक्रमणबाट मृतकको संख्या ४ सय ५९ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ।

    ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ।



    यसअघि बिहीबार नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार