Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मन्त्री हेरफेरको विषय टुंग्याउन ओली र प्रचण्डबीच छलफल

    मन्त्री हेरफेरको विषय टुंग्याउन ओली र प्रचण्डबीच छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् पुनगर्ठनको विषय टुंग्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ  । बिहीबार पनि दुई अध्यक्षबीचमा छलफल भएको थियो । शुक्रबार पनि यही विषय टुंग्याउन दुईजनाबीच बालुवाटारमा छलफल भैरहेको छ।

    गत आइतवार पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो।



    बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्प प्रस्तुत भएको थियो। तर, निष्कर्ष भने निस्किन सकेको थिएन।



    त्यसपछि मंगलबार बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन। आइतबारको बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका ओली र पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो।

    अब भने दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठनको गठनको तयारी थालेका हुन्।

    सोमबारको बैठकले भने प्रचण्ड र महासचिव विष्णु पौडेललाई पार्टी एकताको बाँकी काम टुंग्याउने गरी १० दिन भित्र एकताको प्रस्ताव तयार गर्ने जिम्मेवारी पनि दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार