Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बैकिङ कसुर मुद्धामा पौने १२ करोड जरिवाना र ३ बर्ष कैद सजाय तोकिएकी जयन्ती बनेपाबाट पक्राउ

    बैकिङ कसुर मुद्धामा पौने १२ करोड जरिवाना र ३ बर्ष कैद सजाय तोकिएकी जयन्ती बनेपाबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 2.8K
    SHARES

    काभ्रे। इलाका प्रहरी कार्यालय(इप्रका) बनेपाले बैंकिङ कसुर  मुद्धाका एक फरार अभियुक्तलाई आज पक्राउ गरेको छ।

    इप्रका बनेपा, काभ्रेबाट खटिएको इन्सपेक्टर योगेन्द्र तिमिल्सिनाको टोलीले  जिल्ला अदालतबाट जारी भएको फरार लिष्टमा प्रतिबादीहरुको बारेमा गोप्य रुपमा  खोजतलाश गर्दै जाने क्रममा जयन्ती केसीलाई बनेपा नपा वडा नं ६ स्थित लुकिछिपी बसिरहेको अबस्थामा पक्राउ गर्न सफल भएको छ।



    जयन्तीलाई उच्च अदालत पाटन ललितपुरको  २०७१ बैशाख २९ गतेको फैसलाले बैकिङ कसुर मुद्धामा रु ९,४७,९२,११६/७८ (नौ करोड सतचालीस लाख बयानब्य हजार एक सय सोह्र) रुपैया र रु २,३५,००,०००।- (दुई करोड पैतिस लाख ) गरी जम्मा रु ११,८२,९२,११६।- ( एघार करोड बयासी लाख बयानब्य हजार एक सय सोह्र) जरिवाना तथा ३ /३ बर्ष कैद सजाय तोकेको थियो।



    त्यसपछी उनी फरार रहँदै आएकी थिइन। केसीलाई जिल्ला अदालत धुलिखेल काभ्रेपलाञ्चोकमा पठाइएकोमा अदालतको आदेशले  थुनामा राख्न अनुमति दिएपछि जिल्ला कारागार धुलिखेल काभ्रेपलाञ्चोकमा पठाइएको इप्रका बनेपाका प्रमुख इन्सपेक्टर तिमिल्सिनाले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार