Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कतारमा उच्छृङ्खल गतिविधि नगर्न नेपालीलाई दूतावासको चेतावनी

    कतारमा उच्छृङ्खल गतिविधि नगर्न नेपालीलाई दूतावासको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 3K
    SHARES

    कतार । गन्तव्य मुलुकको संस्कृति तथा नियम कानुनविपरीत सार्वजनिक ठाउँमा भेला भएर उच्छृङ्खल र असामाजिक गतिविधि नगर्न कतारस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ ।

    दूतावासले विज्ञप्ति जारी गर्दै विगत केही सातायता कतारमा रहेका नेपाली समुदायका केही व्यक्तिले त्यस्तो गरिरहेको पाइएको भन्दै यसमा सजग रहन गराएको हो ।



    कतारको प्रमुख आकर्षणको रूपमा रहेका कोर्निसलगायतका सार्वजनिक स्थानमा विशेषगरी सप्ताहन्त (शुक्रबार) भेला भई अमर्यादित, उच्छृङ्खल र असामाजिक रूपले प्रस्तुत हुने र झै-झगडा गर्ने काम नगर्न दूतावासले सचेत गराएको हो ।



    यस्तो गतिविधिमा संलग्न हुने व्यक्ति स्वयंले कानुनबमोजिम कारबाहीको भागिदार हुनुपर्ने भन्दै दूतावासले यस्ता घटनाले नेपाली समाज र नेपालकै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्‍याउने भन्दै सचेत गराएको छ ।

    आगामी दिनमा त्यस्ता क्रियाकलाप जारी रहेको पाइएमा कतारको स्थानीय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाइ संलग्न व्यक्तिलाई स्थानीय कानुनबमोजिम कारबाहीका लागि अनुरोध गर्न बाध्य हुने दूतावासले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार