मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन फेरी थपिएला ?::Best Online News Portal of Nepal

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन फेरी थपिएला ?

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन फेरी थपिएला ?

अनलाइन नेपाल
  • बिहिबार, असोज ८ २०७७

  • 6.2K
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन फेरी थपिएला ?

    काठमाडौं । बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बस्न लागेकाे छ। सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठक साँझ ५ बजेलाई बोलाइएको बताए।

    उनका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । उनले भने,‘आजको नियमित बैठक हो । नियमित बैठकमा मन्त्रालयगत एजेण्डाहरुमा छलफल र निर्णय हुनेगर्छ । त्यसमा पनि आज स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड-१९ सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्छन्।’

    मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितकोे संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिसका बारेमा केही निर्णय हुन सक्ने सम्भावना रहेकाे मन्त्री ज्ञवालीले बताए।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार