काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
उनको सुरक्षामा खटिएका एक अंगरक्षकमा कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा रहेर ५ दिनपछि पीसीआर परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएकाे छ ।
यस्तै यसअघि पोजेटिभ भएका अंगरक्षकको पनि दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए ।
Leave a Reply