Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपुर । पहिरोका कारण बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले विश्वकर्मा मन्दिरदेखि दाउन्ने बजारसम्मका विभिन्न ५ स्थानमा खसेको पहिरोका कारण बिहानदेखि सडक अवरुद्ध भएको जानकारी दिए।

सडक अवरुद्ध भएपछि राजमार्गमा ओहोरदोहोर गर्ने सयौं सवारीसाधन अलपत्र परेका छन्। दुई वटा डोजरले पहिरो हटाउने प्रयास गरिरहेका छन्। ३ दिनदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। पहाडबाट पहिरो खस्ने क्रमजारी छ। पानी नरोकिएसम्म पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ।

यसैबीच बुधबार साँझ बिनयी त्रिवेणी गाउँपालिका–३ स्थित सुनही खोलाले बगाएर बेपत्ता भएका कावासोती नगरपालिका–८ का गाडी चालक २६ वर्षीय नेत्रलाल भूर्तेलको अवस्था अहिलेसम्म अज्ञात छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077