Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सहकारीले १४.७५ प्रतिशत भन्दा बढि ब्याज लिए कारवाहीमा पर्ने

    सहकारीले १४.७५ प्रतिशत भन्दा बढि ब्याज लिए कारवाहीमा पर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 4.7K
    SHARES

    काठमाडौं। सहकारी विभागले सन्दर्भ व्याजदर लागु गर्दै कार्यान्वयनका लागि सुचना जारी गरेको छ ।

    विभागद्वारा विहिबार जारी सुचनामा यहि कार्तिक १५ गतेदेखि लागु हुनेगरि सन्दर्भ व्याजदर तोकिएको छ । उक्त मितिदेखि सबै सहकारीहरुले आफ्ना सदस्य तथा ऋणीलाई ऋण प्रदान गर्दा अधिकतम १४.७५ भन्दा बढि लिन पाइने छैन ।



    त्यस्तै बचत र ऋणको ब्याजदर ६ प्रतिशत भन्दा कम हुनेगरि निर्धारण गर्न समेत सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।



    सहकारी ऐन, २०७४ अनुसार तोकिएको सन्दर्भ व्याजदर सहकारी संस्थाका लागि निर्देशक व्याजदरको रुपमा रहनेछ । विभागले यदि तोकिएको भन्दा बढि ब्याज लिने सहकारीलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार