Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गोकुल काण्डदेखि अर्बौका घोटालामा लेखा समिति मौन, सभापति शाहको कार्यशैली नै कमजोर

    गोकुल काण्डदेखि अर्बौका घोटालामा लेखा समिति मौन, सभापति शाहको कार्यशैली नै कमजोर

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । संसदको सार्वजनिक लेखा समिति मौन बस्दा देशमा अहिले ठुला भ्रष्टाचारहरु मौलाउन थालेका छन् । प्रतिनिधि सभाअन्तर्गतको लेखा समितिको सभापति नेपाली कांग्रेसका भरतबहादुर शाह हुन । शाहको क्षमताभन्दा ठूलो क्षेत्राधिकार रहेको लेखा समिति चलाउन नसक्दा कांग्रेसको बद्नाम भइरहेको छ ।

    देशमा अहिले भ्रष्टाचार, महँगी, अनियमितताहरू छन् । त्यसलाई रोक्न लेखा समितिको ठूलो भूमिका हुन्छ । तर, सभापति शाहले कुनै तयारी समेत गरेका छैनन् । शाहले समितिका सदस्यहरूसँग सरकारको बेथिति विरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि परामर्श नगरेको स्रोतले जनाएको छ ।



    पछिल्लो समय नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी र कांग्रेस निकट हुमनाथ कोइरालाले रासायनिक मलमा ठूलो घोटाला गरेको सार्वजनिक भएका छन्। । त्यो विषयमा पनि लेखा समिति मौन छ ।



    स्रोतका अनुसार अधिकारी र कोइरालाले लेखा समितिमा मल काण्ड नउठाउनका लागि चलखेल गरेका छन्  । लेखा समितिका एक जना सदस्यले अधिकारी र कोइरालाले लेखा समितिलाई प्रभावमा पार्न आर्थिक चलखेल गरेको दाबी गरेका छन् ।

    रेलको ठेक्का प्रकरण, कोरोनाको खर्च विवरणलगायतमा  लेखा समिति मौन बसेको छ । विभागीय मन्त्री र सचिवहरूलाई बोलाएर बयान लिने अधिकार लेखा समितिसँग छ ।

    लेखा समितिको सभापति बलियो र अडान लिन सक्ने कौशल भएका हुन्थे भने कोरोनाको महामारीका बेला केपी ओली नेतृत्वको सरकारलाई सहि ठाउँमा ल्याउन सक्ने कांग्रेसकै एक नेता वताउंछन्। अहिले लेखा समितिका सभापति  शाह कहाँ छन् ? कसैलाई थाहा छैन ।

    शाह किन यसरी निस्क्रिय भएर बसेका हुन् ? धेरैले प्रश्न गरिरहेका छन् । नेकपाकै सांसदहरूले समेत सरकारको कामकारबाही राम्रो नभएको भनेर सामाजिक सञ्जालहरूमा लेखिरहेका छन् ।

    सभापति शाहले कुटनैतिक र रणनैतिक प्रयासबाट सरकारविरुद्ध छलफल चलाउने हो भने समर्थन पाउने थिए ।

    लेखा समितिको सभापतिमा कांग्रेसकै बोल्ड निर्णय गर्न सक्ने व्यक्तिलाई पठाउनुपर्ने भनेर माग पनि उठिरहेका छन् । यसअघि पनि शाहका विरुद्ध कांग्रेसभित्र विरोध भइरहेको थियो । महामारीका बेला र ओली सरकारको भ्रष्टाचारविरुद्ध कुनै पनि गतिविधि गर्न नसक्दा शाहको कार्यक्षमतामै आशंका उब्जिएको छ ।

    वाइड बडी काण्डमा समेत सभापति शाहको असक्षमताले अहिलेसम्म दोषीहरूलाई कारबाही हुन सकेको छैन । शाहले बनाएको उपसमितिको प्रतिवेदन विवादित बनेपछि वाइड बडी काण्डमा सबै व्यक्तिहरूले उन्मुक्ति पाउने अवस्था सिर्जना भएको छ ।

    गोकुल बास्कोटाको ७० करोड काण्डमा पनि लेखा समितिका सभापति शाहको निर्णय र विवादित कुराले गर्दा त्यो काण्डले अर्कै मोड लिन पुगेको छ । अडियो सार्वजनिक गर्ने विजय मिश्रको संरक्षण गर्नुभन्दा पनि उनैलाई कारबाही गराउनतिर लेखा समिति गएको आरोप छ ।

    सोही कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकुल बास्कोटाको ७० करोड कमिशनको फाइल तामेलीमा राख्न लागेको चर्चा छ ।

    (यूनाइटेड पोस्ट साप्ताहिक )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार