Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अन्डरवर्ल्ड डन दाउदको अर्बौ रकम चलाउने पाकिस्तानी नागरिक खानानीबारे यस्तो खुलासा

    अन्डरवर्ल्ड डन दाउदको अर्बौ रकम चलाउने पाकिस्तानी नागरिक खानानीबारे यस्तो खुलासा

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 7K
    SHARES

    एजेन्सी।  खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)ले धेरै ठूला बैंकहरूमार्फत विश्वका धेरै देशहरूबाट सञ्चालित ‘मनी लाउन्डरिङ’को जटिल नेटवर्क फेला पारेका छन् ।

    अमेरिकी संस्था फाइनान्सिएल क्राइम्स एन्फ़ोर्समेन्ट नेटवर्क (फिनसेन)फाइल्स को मनी लाउन्डरिङको  रिपोर्ट अनुसार यसको ठूलो नेटवर्क, पाकिस्तानबाट दुबई र संयुक्त राज्य अमेरिकामा  फैलिएको पाइएको छ ।



    फिन्सेन फाइल्स २,६५७ दस्तावेजबारे खुलासा हो, जसमा २,१०० शङ्कास्पद गतिविधि वा ‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’ उल्लेख छ।



    यस्ता हजारौं फाईलहरूको अनुसन्धान गरिएको आईसीआईजेले धेरै गोप्य कुरा बाहिर ल्याएको छ ।

    रिपोर्ट अनुसार भारतबाट फरार माफिया डन दाऊद इब्राहिमको पैसा खर्च गर्ने प्रमुख व्यक्ति अल्ताफ खानानी भन्ने पाकिस्तानी नागरिक रहेको खुलासा गरिएको छ ।
    न्युयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा पेश गरिएका दस्ताबेजहरु आईसीआईजेमा समावेश भएको ‘इन्डियन एक्सप्रेस’ अखबारले  उल्लेख गरेको छ ।

    फिनसेन फाइलहरू मार्फत बाहिर आएका गोप्य कागजातहरूले ठूलो बैंकहरूले कसरी अपराधीहरूलाई विश्वभरि पैसा कारोबार गर्न अनुमति दिएका छन् भनेर प्रस्ट पारेको छ ।

    यसै सन्दर्भमा  खानानीको वित्तीय क्रियाकलापले यो संकेत गर्दछ कि दशकौंसम्म उनी लागूपदार्थ माफियाका साथै कट्टरपन्थी र अल कायदाजस्ता चरमपन्थी संगठनहरूका लागि १४ देखी १६ खरब डलर खर्च गरिसकेका छन्।

    खानानीको यो व्यवसायलाई अमेरिकी अधिकारीहरूले ‘मनी लाउन्डरिङ अर्गनाइजेशन ‘ भनेर नाम दिए ,जुन संक्षिप्त रूपमा एमएलओ हो।

    विश्वव्यापी अनुसन्धान पछि, खानानीलाई ११ सेप्टेम्बर २०१५ मा पनामा एयरपोर्टमा पक्राउ गरी मायामीको जेलमा राखियो। जुलाई २०२० मा खानानी हिरासत समाप्त भएपछि, अमेरिकी अध्यागमन अधिकारीहरूलाई देश निकालाका लागि हस्तान्तरण गरियो।

    तर, पछि अमेरिकी अधिकारीहरूले उनीहरुलाई पाकिस्तान वा संयुक्त अरब इमिरेट्स (युएई) मा पठाएको छ कि छैन ? स्पष्ट हुन सकेको छैन ।

    अमेरिकाको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएएफएसी) ले पक्राउ गरेपछि खानानीमाथि प्रतिबन्धको घोषणा गर्दै दाऊद इब्राहिमसँगको सम्बन्धको बारेमा कागजात तयार पार्यो ।

    ११ डिसेम्बर २०१५ मा ओएफएसीले जारी गरेको सूचनामा भनिएको छ, ‘खानानीको एमएलओले आतंककारी, लागुपदार्थको तस्कर र आपराधिक संगठनहरूका लागि विश्वव्यापी खरबौं डलर प्रदान गर्न धेरै वित्तीय संस्थासँग उसको सम्पर्क प्रयोग गर्‍यो। खानानीको लश्कर-ए-तैयबा, दाऊद इब्राहिम, अल-कायदा र जैश-ए-मोहम्मदसँगको सम्बन्ध प्रस्ट देखिएको छ ।

    भारतीय खुफिया एजेन्सीहरूले खानानीको पक्राउलाई ठूलो सफलताका रूपमा हेरेका थिए। उक्त रिपोर्टका अनुसार अल्ताफ खानानी अल-जरुनी एक्सचेन्जको नाममा मनी लाउन्डरिङ नेटवर्क चलाउँछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार