Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा कोरोना संक्रमणका कारण केन्द्रीय रेल राज्यमन्त्रीको निधन

    भारतमा कोरोना संक्रमणका कारण केन्द्रीय रेल राज्यमन्त्रीको निधन

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 3.5K
    SHARES

    एजेन्सी। भारतमा केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगड़ीको कोरोना संक्रमणका कारण  निधन भएको छ। उनको एम्स अस्पतालमा  उपचार भइरहेको थियो। साँझ ८ बजे उनको मृत्‍यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

    ६५ बर्षको उमेरमा राज्यमन्त्री अंगड़ीको निधन भएको हो। उनी कर्नाटकका हुन्। उनी बेलागावी सीटबाट लोकसभा सदस्य थिए ।  राज्यमन्त्री  अंगड़ीको सेप्टेम्बर ११ मा  कोरोना पोजेटिभ देखिएको थियो।



    उनको निधनमा शोक व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन् – ‘सुरेश अंगाडी अद्भुत कार्यकर्ता थिए। उनले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन अथक प्रयास गरे। सुरेश समर्पित सांसद र प्रभावकारी मन्त्री थिए । उनको निधनको समाचार दु:खद छ। दुखको यस घडीमा, मेरो भावनाहरू उनको परिवार र साथीहरूसँग छ। शान्ति।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार