Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्- नेपाल र चीनबीच कुनै सीमा बिबाद छैन

    परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्- नेपाल र चीनबीच कुनै सीमा बिबाद छैन

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमीमा चीनले भवन बनाएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको  बताएका छन् ।

    बुधबार साँझ मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले स्थलगत अध्ययनका लागि गएको टोली फर्केर आएपछि सत्यतथ्य जानकारी गराउने उल्लेख गरेका छन् ।



    उनले सिडियोको टोली स्थलगत अध्ययनका लागि गएको र सत्यतथ्य आउने उल्लेख गरे  । २०७३ सालमा पनि यस किसिमको समाचार आएपछि गृह, परराष्ट्र मन्त्रालय र नापी विभागले अध्ययन गरेको र सो टोलीले नेपालको सिमाभन्दा एक किलोमिटर भित्रनै बनाएको प्रतिवेदन दिएको उल्लेख मन्त्री ज्ञवालीले जानकारी दिए ।



    उनले चीन र नेपालबीच कुनै सिमा विवाद नरहेको र त्यसखालका हल्ला आउँदा आधिकारिक स्रोतका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

    यस्तै नेपाल–चीन नाका रसुवागढी नाकामा नेपाली सामान रोकिएकोबारे कुटनीतिक प्रयासबाट नाका खुलाउने सहमति भएको मन्त्री  ज्ञवालीले जानकारी दिए ।  आज विसिजी खोप लगायतका सामग्री आएको र एकसाताभित्र त्यहाँ रोकिएको सामग्री नेपाल आउन थाल्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार