Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बारामा १२ लाख नक्कली नोट बरामद, भारतीय नागरिकसहित २ जना पक्राउ

    बारामा १२ लाख नक्कली नोट बरामद, भारतीय नागरिकसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 3.1K
    SHARES

    बारा । जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिका-९ बसवरियाबाट  नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ ।

    चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने विशेष सुचनाको आधारमा बुधबार बिहान खटिएको प्रहरी टोलीले बारागढी गाउँपालिका वडा नं.५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षीय सन्दिप कुमारलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट बाह्र लाख सोह्र हजार फेला परेको हो।



    सो सम्बन्धमा तत्काल बुझ्दा उक्त नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको  खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    बरामद नोटहरू दिई मोबाइल लिई फरार रहेका मानिसहरूको खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार