Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रदेश १ मा थपिए ९१ काेराेना संक्रमित

    प्रदेश १ मा थपिए ९१ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 1.9K
    SHARES

    मोरङ । प्रदेश न १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ४६ महिला र ४५ पुरुष छन् ।

    थपिएका सङ्क्रमितमा मोरङ्मा ४२, सुनसरीमा ३७, झापामा चार, पाँचथरमा दुई, ताप्लेजुङ र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा तीन महिला र तीन पुरुष, जहदामा तीन महिला र तीन पुरुष, सुन्दरहरैचामा एक महिला र दुई पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।



    सुनसरीको इटहरीमा २४ महिला र सात पुरुष, दुहवीमा दुई महिला र दुई पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, झापाको गौरादहका एक पुरुष, स्थानीय तह नखुलेका तीन पुरुष, पाँचथरको फालेलुङमा दुई पुरुष, ताप्लेजुङमा एक पुरुष, तेह्रथुमको छथरमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला र दुई पुरुषमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

    यसप्रदेशमा हालसम्ममा पाँच हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई हजार ६१९ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८०८ जना सहित आजसम्ममा एक लाख १८ हजार ६९६ जनाको पिसिआर परीक्षण यसप्रदेशमा भइसकेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार