Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेप्सेमा सुधार

    नेप्सेमा सुधार

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.३७ बिन्दुले उकालो लागेर एक हजार ५५५.५२ मा पुगेको छ ।

    यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई ३०८.३४ मा पुगेको छ । कूल १८४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर रु एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ मूल्यमा खरिद बिक्री भए ।



    कारोबार भएका कूल १२ उपसमूह मध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर २३.६४ ले ओरोला लाग्दा बैंकिङ १.८७, व्यापार ५.७२, विकास बैंक २२.८, जलविद्युत् ३३.७९, वित्त १२.०२, निर्जीवन बीमा ७४.७७, उत्पादन २३.२, अन्य ७.३६, लघुवित्त १०.२२, जीवन बीमा ९४.६८ र सामूहिक लगानी कोष ०.०३ ले वृद्धि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार