Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

    मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.6K
    SHARES

    फाइल तस्विर

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

    इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा आज दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।



    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ ।



    लेदो वगिरहेकाले काम गर्न कठिनाई भएको जनाईएको छ । पानी पर्न रोकीनासाथ पहिरो पन्छाउने उनले जानकारी दिए । यस क्षेत्रमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ ।

    सोही ठाउँमा यस अघि पनि पटक पटक पहिरो खस्दै आएको छ । सडक अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार