Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा आज दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ ।

लेदो वगिरहेकाले काम गर्न कठिनाई भएको जनाईएको छ । पानी पर्न रोकीनासाथ पहिरो पन्छाउने उनले जानकारी दिए । यस क्षेत्रमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ ।

सोही ठाउँमा यस अघि पनि पटक पटक पहिरो खस्दै आएको छ । सडक अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077