Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वामदेव गाैतमलाई सर्वोच्चकाे ठूलाे झड्का, अब मन्त्री बन्न नपाउने

    वामदेव गाैतमलाई सर्वोच्चकाे ठूलाे झड्का, अब मन्त्री बन्न नपाउने

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिष्यसभा सदस्य वामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

    बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।



    सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन ।



    सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले केहिदिन अघिमात्रै नेकपा उपाध्यक्ष गाैतमलाई राष्ट्रिष्यसभा सदस्यमा नियुक्त गरेकि थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार