Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स आमनेसामने

    मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स आमनेसामने

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 4.8K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा बुधबार (आज) कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीचको खेल हुँदैछ । शैख जायद रंगशाला अबुधावीमा हुने खेल नेपाली समयअनुसार पौने आठ बजे सुरु हुनेछ ।

    यसअघि एक खेल खेलिसकेको मुम्बई कोलकाताविरुद्ध जीत निकाल्ने लक्ष्यमा छ यस्तै, मुम्बईसँग खेल्दै यो सिजनको सुरुवात गर्न लागेको कोलकाता सुखद् सुरुवातको योजनामा छ । मुम्बई यसअघि पहिलो खेलमा चेन्नाई सुपर किङ्स सँग पराजित भएको थियो ।



    साविक विजेता टोली मुम्बईको टोलीको नेतृत्व भारतिय क्रिकेट टीमका ओपनर रोहित शर्माले गरिरहेका छन् भने कोलकाताको कप्तान दिनेश कार्तिक छन् । मुम्बई आईपीएलको सफल टोली हो । तर, पनि आजको खेलमा यी दुई टोलीबीच को बलियो भन्नेमा क्रिकेट विश्लेषकका आ–आफ्नै विचार छन् ।



    विदेशी खेलाडीसहितको सन्तुलित टोलीका रुपमा कोलकता रहेको छ भने मुम्बईमा भारतकै पनि ठूला क्रिकेटर छन् । कोलकातामा अलराउण्डर आन्दे रसेल, इयोन मोर्गन, पेट कुमिन्स र सुनिल नाराने जस्ता खेलाडी छन् भने मुम्बईमा कप्तान शर्मा, हार्दीक पाण्ड्या, क्विन्टन डि कक, जस्प्रीत बुम्राह, किरन पोलार्ड जस्ता खेलाडी छन् ।

    यी दुई टोलीले आईपीएलमा खेलेको खेल हेर्ने हो भने मुम्बई बलियो देखिन्छ । जसमा अहिलेसम्म मुम्बई र कोलकाताले २५ खेल खेलेका छने । त्यसमा १९ खेल मुम्बईले जितेको छ भने ६ खेल मात्रै कोलकाताले जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार