Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडाैंका २ सहित ७ जनाकाे मृत्यु, काेराेनाबाट निधन हुनेकाे संख्या ४३६ पुग्याे

    काठमाडाैंका २ सहित ७ जनाकाे मृत्यु, काेराेनाबाट निधन हुनेकाे संख्या ४३६ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    बुधबार स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेका मध्ये एक महिलासहित ३ जना काठमाडाैं उपत्यकाका छन् ।





    यस्तै नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार