Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामदेवविरुद्धको रिटको सुनुवाइ न्यायाधीश भट्टराईकाे इजलासमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयनविरुद्धको रिटमा आज सुनुवाई हुँदैछ ।

गौतमको उक्त मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको बेञ्‍चमा परेको छ। रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतमलाई विपक्षी बनाइएको छ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभा सदस्य र मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा अलग अलग रिट दायर गरेका थिए ।

अधिवक्ताद्वयले वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेको सिफारिस बदर गरी मन्त्री तथा सांसदको रूपमा कार्य नगराउनू भनेर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। यो रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन र मन्त्रिपरिषदमा पनि लैजान नदिने गरी अन्तरिम आदेश माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077