Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

    भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । विवादित सीमा क्षेत्रमा भारत र चीनबीच थप सैनिक नपठाउने सहमति भएको छ । सीमा विवादका कारण तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई देशबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको हो ।

    दुई देशबीचको वार्तापछि निकालिएको संयुक्त विज्ञप्तिमा सीमामा थप सैनिक नपठाउनेसहित अहिलेको अवस्थामा कुनै किसिमको परिवर्तन नगर्ने विषयमा सहमति बन्न सकेको हो ।



    दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति गरेका छन् । तर अहिले नै सैनिकलाई पछि हटाउने सहमति भने नबनेको खबरमा उल्लेख छ । यस्तै जतिसक्दो छिटो कोर कमाण्डर स्तरको सातौं चरणको बैठक वार्ता गर्ने पनि सहमति भएको छ । सीमा पारी शान्ति कायम गर्नको लागि पनि कुनै ठोस कदम उठाउने बारेमा वार्ता भएको छ । एजेन्सी



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार