Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओली सरकारको नीति : पहिला ठगी र कालोबजारीमा कारवाही, त्यसपछि तक्मा

    ओली सरकारको नीति : पहिला ठगी र कालोबजारीमा कारवाही, त्यसपछि तक्मा

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। राष्ट्रको शिर उच्च बनाउने काम गर्ने व्यक्तिलाई दिनुपर्ने पदक पैसा र पावरमा खरिद–बिक्री हुने गरेको पाइएको छ । त्यहीमाथि राज्यलाई कर छली गर्ने र उपभोक्तालाई खुलेआमरूपमा ठग्दै आएको संस्थाका मूल व्यक्तिलाई यसपटक पदक दिएर पुरस्कृत गर्ने काम भएको छ ।

    ठगी र कालोबजारीमा कहलिएको कम्पनीका मालिकलाई नै तक्मा दिएर प्रधानमन्त्री केपी ओलीको सरकारले जगत हसाउने काम गरेको छ।



    यस वर्षको संविधान दिवसका अवसरमा विवादित व्यवसायी शंकर ग्रुपका शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित गरिएको छ ।



    शंकर ग्रुपकै जगदम्बा स्टिल गुणस्तरहीन भएको भन्दै सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । सरकारले संविधान दिवसको अवसरमा ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा  विभूषित गरिने घोषणा गरेको छ ।

    सरकारले तक्मा दिएको शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवालले उत्पादन गरेको छड गुणस्तरहीन भएको भन्दै सरकारले नै कारबाही गरेको थियो । गुणस्तरहीन छड उत्पादन गरेको भन्दै गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टिलको बिक्रीमा नै रोक लगाएको छ ।

    गत भदौ ३० गते विभागले कम्पनीबाट उत्पादन हुने १६ एमएमको छडको इजाजत पनि स्थगन गरेको छ भने तीन सय टन उत्पादित छड बिक्रीमा रोक लगाएको छ ।

    टीएमटी बार १६ एमएमको जगदम्बा छडमा कार्बन र सल्फरको मान नेपाल गुणस्तर मापदण्डभन्दा फरक रहेको विभागले जनाएको छ । गुणस्तर मापदण्डअनुसार छडमा ०.३० प्रतिशत हुनुपर्ने कार्बनको मात्रा ०.३५ प्रतिशत पाइएको थियो । यस्तै ०.०६० प्रतिशत रहनुपर्ने सल्फर ०.०५५ पाइएको थियो ।

    विवादित व्यापारी शंकर अग्रवाललाई तक्मा दिने निर्णयप्रति सरकारको चौतर्फीरूपमा आलोचना भएको छ । शंकर ग्रुपले तक्मा सिफारिस समितिमा रहेका सदस्यहरूलाई मोटो रकम बुझाएर तक्मा पाउन सफल भएको बताइएको छ । तक्मा थापेर गलत कामको ढाकछोप गर्ने नीति लिएको बुझिन्छ ।

    कालोबजारी गरेको आरोपमा शंकर अग्रवालका जेठा छोरा तथा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका थिए । जगदम्बा स्टिल्सका सञ्चालकसमेत रहेका अग्रवाललाई कालोबजारी गरेको आरोपमा प्रहरीले स्टिङ अपरेसन गरेर पक्राउ गरेको थियो । ६७ थान थर्मलगतसहित प्रहरीले पक्राउ गरेको थियो ।

    तीन हजार पर्ने थर्मलगन १५ हजार रुपियाँमा बेचेको आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी किर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत रहेका थिए । पक्राउ परेका अग्रवाल निकै ठूलो शक्ति र पैसाको प्रयोग गरेर अदालतबाट धरौटीमा रिहा भएका थिए । अग्रवालमाथि अहिले पनि जिल्ला अदालतमा मुद्दा विचाराधीन छ भने सम्पत्ति शुद्धीकरण विभागले समेत शंकर ग्रुपका विभिन्न कम्पनीहरूलाई अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गरिरहेको छ ।

    कमसल छडका कारण पटक–पटक कारबाहीमा परेको शंकर ग्रुप नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फेडरमा सबैभन्दा बढी भुक्तानी गर्न बाँकी कम्पनीमा पर्दछ । नक्कली भ्याटबिलका कारण पनि यही कम्पनीले मुद्दा खेपिररहेको छ ।

    नक्सालमा हिल्टन होटेल बनाउँदा असावधानी अपनाउने यस समूहले सो क्षेत्रको बाटो नै भासिएका कारण महिनौंसम्म बाटो रोक्का गरायो । सो क्षेत्रका नागरिक प्रभावित भए । मुलुकमा कोरोना संक्रमणको महामारी चल्दा तस्करी गरेका कारण ठूलो बदनामी सहनुप-यो । यस्ता विभिन्न प्रकारका बदनामीमा परका व्यक्तिले नै राष्ट्रपतिबाट तक्मा पाएपछि सरकारको प्रतिष्ठा के होला ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार