Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सामुदायिक विद्यालयमा पठनपाठन सुरु

    सामुदायिक विद्यालयमा पठनपाठन सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    मन्थली । रामेछापका २ वटा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा पठनपाठन सुरु भएकाे छ ।

    सुनापतिको दिमीपोखरी अग्लेश्वर माविका प्रधानाध्यापपक चन्द्र घिसिङका अनुसार विद्यालय खोले पनि कक्षा सञ्चालन नगरिएको बताए ।



    उनका अनुसार कक्षा १ देखि ५ सम्म, ६ देखि ८ सम्म र ९ देखि १० सम्मका बालबालिकालाई तीन सिफ्टमा विद्यालयमा बोलाएर अभ्यास दिने र पर्सिपल्ट पुनः बोलाउने गरिएको छ । पालिकाले सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको उनले बताए ।



    बाल आधारभूत विद्यालय बेथानका अनन्त चालिसेका अनुसार थोरै विद्यार्थी भएकाले कक्षामा राखेर गृहकार्य दिन थालिएको बताए । ‘पठन पाठन नै त नभनौं गृहकार्य दिएर विद्यालयमा बानी बसाउन थालेका हौं,’ उनले भने,’शिक्षकहरुलाई भने विद्यालयमा अनिवार्य गराइएको छ ।’

    पश्चिमी रामेछापको खाँडादेवी गाउँपालिकाका सबै विद्यालय सञ्चालनमा आएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवहरी खत्रीले विद्यालयबाटै सिकाइ सहजीकरण गर्न भनेको बताउ । ‘सिकाइ सहजीकरण चौरमा बसेर नै गर्नुपर्छ भन्ने छैन,’ उनले भने,’शिक्षकलाई सहज जे हुन्छ त्यहि गर्ने हो । ‘दोरम्बा गाउँपालिकाले पनि आइतबारदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा असोज १ मा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

    शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख भरत भट्टराईले विद्यालय सञ्चालनमा हतारो गर्नु नहुने बताए । नेपाल सरकार र संकट व्यवस्थापन केन्द्रको निर्णय नभै विद्यालय सञ्चालन गर्नु हतारो भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार