Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रियालाई थप १४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    रियालाई थप १४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 3.7K
    SHARES

    एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणकी आरोपी रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। रिया चक्रवर्ती सुशान्तकी प्रेमिका थिइन ।

    सुशान्तको आत्महत्या सँग जोडिएको लागुऔषध मुद्दामा रिया अब ६ अक्टोबरसम्म नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को हिरासतमा रहनेछिन्।



    यसअघि भारतको विशेष अदालतले सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीलाई जमानतमा छाड्न अस्वीकार गरेको थियो ।



    रियाका भाई शौविकसहित अन्य व्यक्तिहरु पनि लागुऔषध दुर्व्यवसनी तथा ओसारपसारमा संलग्न भएको आरोपमा हिरासतमा छन्।

    रियाका वकिल सतीश मानेशिन्देले बाम्बे हाई कोर्टमा जमानतका लागि निवेदन दिएका छन्। जसमाथि भोलि २३ सेप्टेम्बरमा सुनुवाइ हुँदैछ।

    लागुऔषध दुर्व्यसनीमा अभिनेत्रीहरु रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर र दीपिका पादुकोण पनि संलग्नता रहेको खुलेको छ। बलिउड अभिनेता राजपुत आत्महत्या प्रकरणमा एकपछि अर्को गर्दै कलाकारहरु लागूऔषधको अनुसन्धानमा तानिएका छन्।

    एनसीबीको अनुसन्धानमा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम बाहिर ल्याएको छ । लागूऔषध केससँग जोडिएकी जया शाहासँग सोमबार एनसीबीले गरेको सोधपुछपछि उनको कम्पनी क्वानकी मेनेजर करिश्मासँग बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणको च्याटको बारेमा खुलासा भएको छ । उनीहरु सबैलाई एनसीबीले बयान लिने वताइएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार