Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तीन घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, समयमा उपचार नपाइ संक्रमितको मृत्यु

    तीन घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, समयमा उपचार नपाइ संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडाैँ । अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो ।

    श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



    उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको बताइएको छ ।



    स्व तिम्सिनाका छ छोरा र चार छोरी हुनुहुन्छ । स्व तिम्सिनाका ज्वाइँ दयाराम दाहाल (सुलभ) राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको सदस्य तथा प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य हुन् । स्व तिम्सिनाका कान्छा छोरा सुजन नेपाल पत्रकार महासङ्घ इलाम शाखा उपाध्यक्ष छन् भने छोरी सृजना महासङ्घ ललितपुर शाखा उपाध्यक्ष छिन् । त्यस्तै छोराहरू वासुदेव र गणेश तथा छोरीहरू मन्जु र निर्मला पनि विभिन्न सञ्चार माध्यममा आवद्ध छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार