Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पतिले पेट चिरेर गर्भवती महिलाले जन्माइन् मृत शिशु

    पतिले पेट चिरेर गर्भवती महिलाले जन्माइन् मृत शिशु

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 4.4K
    SHARES

    एजेन्सी। भारतमा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ। ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ।

    ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन्।  पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्।  घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको हो।प्रहरीले बीबीसीलाई बताएअनुसार पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ।



    उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो।  उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको थियो।



    स्थानीय सञ्चारमाध्यमलाई ती पुरुषले धारिलो हतियार प्रहार गरेको तर त्यसले उनलाई गम्भीर चोट लाग्न सक्छ भन्ने कुरा भने नचिताएको बताएका छन्। ‘मेरा पाँच छोरी छन्। एउटा छोराको मृत्यु भएको छ। बालबालिका ईश्वरका देन हुन भन्ने मलाई थाहा छ। अब जे हुनु थियो त्यही हुन्छ,’ उनले भने।

    भारतीय अभिभावकहरूमा छोरीको सट्टा छोरा जन्माउने चाहनाले गर्दा त्यहाँ महिला र पुरुषको सङ्ख्यामा असमानता देखिएको छ।

    भारतमा पछिल्लो ५० वर्षमा करिब चार करोड ६० लाख बालिका ‘गायब भएको’ एउटा राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ।

    प्रत्येक वर्ष करिब ४,६०,००० बालिकाहरू गर्भपतनको सिकार हुन्छन्। त्यस्तै लापरबाहीका कारण छोरीहरूको जन्म पछि मृत्यु हुने दर पनि उच्च छ। छोराले भविष्यमा आर्थिक रूपमा परिवारलाई सघाउने, बुढेसकालमा अभिभावकलाई हेर्ने र वंश अघि बढ्ने विश्वासका कारण धेरैले छोरा नै चाहन्छन्। (बिबिसी )

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार